नेपाल कम्युुनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल एक चीन नीतिप्रति दृढ रहेको र नेपाली भूमिलाई चीनविरुद्ध प्रयोग गर्न नदिइने स्पष्ट पारेका छन् ।
चिनिया दुतावासले शनिबार राजधानीमा गरेको नेपाल चीन व्यापार सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष दाहालले राजनीतिक स्थायीत्व कायम भए संगै लगानी मैत्री वातावरण पनि निर्माण भएकाले निर्धक्क भएर नेपालको आर्थिक विकासमा लगानी गर्न चीन सरकार र चिनिया व्यापारी तथा लगानीकर्ताहरुलाई आव्हान गरेका हुन् ।
राजनीतिक स्थायीत्व संगै नेपाल सरकार मुलुकको आर्थिक विकासलाई सम्मृद्धिको नया यात्रामा रुपान्तरण गर्न चाहेको उल्लेख गर्दै उनले चिनिया सरकार, जनता र लगानीकर्ताबाट नेपालको आर्थिक वृद्धिको लागि सहयोग हुने कुरामा सरकार र नेपाली जनताले ठूलो अपेक्षा राखेको बताए ।
उनले नेपाल सधै एक चिन नीतिमा दृढ रहेको र नेपाली भूमिलाई कुनै पनि अवस्थामा चिनिया विरुद्ध प्रयोग गर्न नदिने प्रतिवद्धता पनि दोहोर्याए । कार्यक्रममा उपराराष्ट्रपति नन्द बहादुर पुनले नेपालको पुर्वाधार विकासमा चीन र नेपाल सरकारको सहकार्यमा सार्वजनिक, निजी साझेदारी मोडलमा काम अघि बढाउनुपर्ने आवश्यकता औल्याए ।
कार्यक्रममा चीनका लागि नेपालका राजदुत लिलामणि पौडेलले पछिल्लो समय नेपाल चीन बीच राजनैतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक र जनतरका सम्बन्धहरु विस्तार हुदै गएको बताए ।