सरकार मिडियामैत्री वातावरण निर्माणमा केन्द्रित छ: परराष्ट्रमन्त्री ज्ञवाली

आजभोलि

सरकार मिडियामैत्री वातावरण निर्माणमा केन्द्रित छ:  परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकार मिडियामैत्री वातावरण निर्माणमा केन्द्रित रहेको बताएका छन् ।

वल्र्ड कम्युनिकेटर्स काउन्सिल (डब्लुसिसिआई) को नेपाल च्याप्टर तथा दक्षिण एशिया मिडिया कन्फ्रेन्सको शनिबार राजधानीमा उद्घाटन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले सञ्चारमाध्यम जनताको भावनाको प्रतिनिधित्व गर्ने साधन भएकाले यसले प्रस्तुत गर्ने विषयवस्तु राष्ट्रहित, सामाजिक न्याय र समानतामा आधारित हुनुपर्नेमा जोड दिए ।

पछिल्लो समय मिडिया काउन्सिल विधेयकका सन्दर्भमा विभिन्न किसिमका चर्चा परिचर्चा चलिरहेका बेला उनले सञ्चारमाध्यमको विश्वसनीयता, पारदर्शिता र व्यावसायिकता अभिवृद्धि गर्ने गरी सरकार अघि बढेको बताए ।

पछिल्लो समय नेपाली मिडिया क्षेत्रमा सञ्चारसम्बन्धी अनेकन बहस तथा पक्ष र विपक्षमा बहस चुलिनु चुनौतीको विषय हो भन्दै उनले उठेका सवाललाई सामूहिक छलफलका माध्यमबाट समाधान निकालिनुपर्नेमा जोड दिए ।

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउन सबै क्षेत्रको सक्रिय सहयोग चाहिने उनको भनाइ छ ।

  • २१ भाद्र २०७६, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !