प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मुलुकको राजनीति तल्लोस्तरमा आईपुगेको टिप्पणी गरेका छन् ।
आईतबार काठमाडौंमा ‘विपी कोइरालाको डायरी’ लोकार्पण कार्यक्रममा बोल्दै उहाँले विपी कोइराला जीवनको सूरुवात कालमा बामपन्थी भएको खुलासा पनि गरे ।
उनले विपी कोइरालाबाट सिकेर मुलुकको राजनीतिकलाई सफा र निश्कलंक बनाउन ढिलाई गर्न नहुने पनि स्पष्ट पारे ।
उनले विपीले ‘तिमी १८ वर्षको भएर पनि कम्युनिष्ट भएनौं भने तिम्रो हृदय नभएको’ भनाई राख्ने गरेको पनि स्मरण गराए । त्यसैगरी विपीले ‘तिमी २५ वर्षको भएर पनि कम्युनिष्ट छौं भने तिम्रो दिमाग छैन’ भनेर आपूmलाई भन्नु भएको पनि बताए ।