पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणका अभियुक्त रवि लामिछानेलाई थुनामा राखेर अनुसन्धान गर्न माग गरिएको छ ।
अभियुक्त लामिछानेसहित युवराज कंडेल र अस्मिता कार्कीलाई जिल्ला अदालत चितवनको गत भाद्र ९ गतेको फैसलालाई बदर गरी थुनामै राखेर अनुसन्धान गर्न नेपाल सरकारको तर्फबाट उच्च अदालत पाटन, हेटौँडा ईजलासमा निवेदन परेको हो ।
लामिछाने, कँडेल र कार्कीलाई विपक्षी बनाई दिईएको निवेदनमा लामिछाने र कँडेललाई घरौटी र कार्कीलाई साधारण तारेखमा रिहा गर्ने जिल्ला अदालत चितवनको फैसलालाई खारेज गर्नसमेत माग गरिएको छ ।
उक्त निवेदन उपर भोलि (मंगलबार) सुनुवाई हुने उच्च अदालत पाटन हेटौँडा इजलाशले जनाएको छ ।