काठमाडौंमा सहुलियत मूल्य पसल संचालन

आजभोलि

काठमाडौंमा सहुलियत मूल्य पसल संचालन

सरकारले दसै, तिहार र छठसहितको चाडपर्वलाई लक्षित गरेर काठमाडौंमा सहुलियत मूल्य पसल संचालन गरेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट टे«डिङ र दुग्ध विकास संस्थानले काठमाडौंको रामशाहपथस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको विक्री कक्ष भवनमा दशै, तिहार र छठ पर्वलाई लक्षित गरेर एकीकृत सहुलियत मूल्य पसल’ संचालनमा ल्याएको हो ।

कार्तिक १७ गतेसम्म संचालन हुने सो पसल देशको मुख्यमुख्य सहरमा पनि संचालन हुनेछन । ती पसलहरुमा घ्यूमा प्रतिकेजी ५० रुपैयाँ छुटको व्यवस्था गरिएको छ भने पनिरमा प्रतिकेजी १० रुपैयाँ छुट गरिएको दुग्ध विकास संस्थानका नारायणप्रसाद ढुंगानाले जानकारी दिए ।

त्यसैगरी चिनीमा प्रतिकेसी ५ रुपैयाँ, नुनमा प्रतिकेसी २ रुपैयाँ छुटको व्यवस्था गरिएको छ । चामल, दाल बोरामा १० रुपैयाँदेखि २० रुपैयाँसम्म छुट दिने व्यवस्था गरिएको पनि साल्ट ट्रेडिङले जनाएको छ ।

साल्ट ट्रेडिङले चाडपर्वलाई लक्षित गरेर काठमाडौंमा ६ वटा र देशका मुख्यमुख्य सहरहरुमा गरी जम्मा ३४ वटा संचालनमा ल्याउने तयारी गरिएको छ ।

  • २४ भाद्र २०७६, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !