प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानको आलोचना मात्रै नगर्न असन्तुष्ट पक्षलाई आग्रह गरेका छन् ।
संंविधान दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै काँग्रेस नेता सिटौलाले संविधान कार्यान्वयनमा त्रुटि भए सच्याउँदै लैजान सकिने तर त्यसको आलोचना गरेर मात्रै नहुने पनि स्पष्ट पार्नु भयो ।
उनले काँग्रेस नेता सिटौलाले संविधानसभाबाट निर्माण भएको संविधानलाई केही पक्षले पूराना संविधानहरुसँग तुलना गरिरहेको भन्दै आपत्ति जनाए । जनताको ठूलो संघर्षबाट बनेको संविधानलाई पञ्चायत र राणाकालमा बनेको संविधानसँग तुलना गर्नै नसुहाउने उनको तर्क छ ।
संविधानका मस्यौदाकार समेत रहनु भएका नेता सिटौलाले संविधान परिवर्तनीय दस्ताबेज भएकाले यसलाई समयको माग अनुसार परिमार्जन गर्दै लैजान सकिने पनि स्पष्ट पारे।