प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संविधानको भावना विपरित ल्याएको कुनै पनि विधेयक मान्य नहुने चेतावनी दिएका छन् ।
संविधान दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले संविधानको भावना विपरित सरकारले मिडिया काउन्सिल विधेयक, मानव अधिकार आयोगसम्बन्धि विधेयक ल्याएको उल्लेख गर्दै त्यसमा सहमति जनाउन नसकिने कुरा आफूले प्रधानमन्त्री केपीशर्मा ओलीलाई समेत भनिसकेको जानकारी दिए ।
उनले संविधानको मूलभूत सिद्धान्तमाथि दाँयाबाँया नगर्न पनि सरकारलाई सचेत गराए ।
सभापति देउवाले संविधान विश्वकै समावेशी भएपनि त्यसलाई लंगडो बनाउने, संविधानको मूलभूत मान्यतालाई दायाँबायाँ गर्ने काम सरकारबाट हुनै लागेको भन्दै आपत्ति पनि जनाए ।