संविधान कार्यान्वयन सबैको साझा दायित्व हो : नेता सिटौला

आजभोलि

संविधान कार्यान्वयन सबैको साझा दायित्व हो : नेता सिटौला

नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयन सबैको साझा दायित्व भएको बताएका छन् ।

पार्टीको दोस्रो चरणको जागरण अभियानका क्रममा झापाको बिर्तामोडमा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले संविधान कार्यान्वयनमा सबै दल, सबै जातजाति, वर्ग र समुदायको साझा दायित्व भएको बताए ।

सरकार संविधानको भावना अनुरुप चल्न नसकेपछि जनस्तरमा असन्तुष्टि बढ्दै गएको उनको आरोप थियो । नेता सिटौलाले सिंहदरबारको कार्यशैली परिवर्तन नगरेसम्म संविधानअनुसार जनताका पक्षमा काम नहुने उल्लेख गरे ।

उनले काङ्ग्रेस पार्टीभित्र पनि नेताहरुले आ–आफ्ना कमजोरी सच्याएर जनताको भावना समेट्नुपर्नेमा जोड दिए।

  • ४ आश्विन २०७६, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !