बौद्धनाथ स्तुपा परिसरमा भोली शान्ति दिप प्रज्वलन गरिंदै,रेन्पोछे भूपति बज्रद्वारा धर्मिक प्रवचन गरिने

आजभोलि

बौद्ध तथा मेलम्ची घ्याङ गुठी र विभिन्न धार्मिक सामाजिक संघ संस्थाहरूले शनिबार (भोली ) शान्ति दिप प्रज्वलन क्षमा पूजा कार्यक्रम गर्ने भएका छन् ।

कार्यक्रम काठमाडौंको ऐतिहासिक धर्मिक स्थल बौद्धनाथ स्तुपा परिसरमा दिउँसो ४ बजेबाट शुरू हुने आयोजकले जनाएको छ ।

विश्वमा भइरहेको हत्या, हिंसा, द्वन्द्व, लडाइ झैझगडा, प्राकृतिक प्रकोप, रोग व्याधी महामारी लगाएत विभिन्न प्रकारका अमानवीय, अप्रिय घटना र अशान्तिलाई विश्वमा शान्ति एवं स्थायित्व कायमसँगै समस्त प्राणी जगतको चिर शान्ति, दिर्घायु एवम् विश्व मानव कल्याण रहोस भन्ने अभिप्रायले उक्त पूजा गर्न लागेको बौद्ध तथा मेलम्ची घ्याङ गुठीका सल्लाहकार मनिष गोङ्बाले जानकारी दिएका छन्।

उक्त कार्यक्रममा बौद्ध धर्मवलम्हवीहरूले संसारका सबै प्राणीहरूको कल्याणका लागि दिप प्रज्वलन गरि कार्यक्रमलाई भव्य तरिकाले सम्पन्न गराइने सल्लाहकार गोङबाले बताए ।

दिप प्रज्वलन कार्यक्रममा २ सय जना धर्म गुरुहरूले पुजापाठ गरिने र परम पूज्य धर्म गुरू रेन्पोछे भूपति बज्र लामा (चिनियाँ लामा)द्वारा धर्मिक प्रवचन गरिने भएको छ ।

  • १० आश्विन २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !