शान्तिको मुहान कहाँ छ ? शान्ति कसरी हुन्छ ? शान्तिको श्रोत के हो ? कसरी त्यसलाई पाउन सकिन्छ ? त्यसका आधारहरु के–के हुन् ? यो खोजको विषय हो ।
हामी यसलाई खोज्न भौतारिरहन्छौँ । तर खासमा शान्ति शान्ति टाडा छैन । हामी सवैको विचमा छ । हाम्रै निकटमा छ । हाम्रै साथमा छ । हामी भित्रै लुकेको छ । जानीजानी हामीले लुकाएका छौँ । त्यसलाई वाहिर निकाल्नु पर्छ ।
अहिले विश्व रँगमञ्च रगतले रँगिएको छ । मान्छे नमरेको कुनै समय छैन । हाम्रो शिरमा हरदम मृत्यु नाचिरहेको छ । मृत्युले हामीलाई निल्न खोजिरहेको छ । त्यो मृत्युलाई छल्ने प्रयत्नमा हामी परिवेशवाट भागिरहेका छौँ । तर मृत्युले हामीलाई पछ्याईरहेको छ । जताततै मृत्यु मात्रै छ । अघि–पछि, दायाँ–वायाँ जताततै छ मृत्यु । तर हामीहरु वाँच्न चाहन्छौँ । अस्वभाविक मृत्यु टार्न चाहन्छौँ । शान्तिमा वाँच्न चाहन्छौँ । स्वभाविक स्थितिमा वाँच्न चाहन्छौँ ।
हो यसै कुरालाई ध्यानमा राखेर बौद्ध घर्मवालम्वीहरुको धार्मिक तिर्थस्थलका रुपमा चिनिदै आएको बौद्धस्तुपमा शान्तिको कामना गर्दै शनिबार दिप प्रज्वलन गरिएको छ ।
बौद्ध तथा मेलम्ची घ्याङ गुठी र विभिन्न धार्मिक सामाजिक संघ संस्थाहरूले विश्वमा रहेका सम्मूर्ण प्राणी जगतको सुख, शान्ति र दीर्घायूका साथै शान्तिको कामना गर्दै लाखौ द्धिप प्रज्वलन गरेका हुन् ।
दिप प्रज्वलन कार्यक्रममा धर्म गुरुहरूले पुजापाठ गर्नुका साथै धर्म गुरू रेन्पोछे भूपति बज्र लामाद्वारा धर्मिक प्रवचन गरिएको थियो ।
यसैबीच बौद्धस्तुपाभित्र भएको क्षमापुजा तथा दीप प्रज्वलन कार्यक्रमलाई बिथोल्न पुगेका बौद्धनाथ क्षेत्र विकास कोष र बौद्ध कल्याण गुठिका समर्थकबीच झडप भएपछि बौद्ध क्षेत्र केही समय तनावग्रस्त बनेको थियो ।
उक्त कारण केही बेर पूजा रोकिएपनि प्रहरीको सुरक्षा घेरामा लामा गुरुहरुले पूजा गरेका थिए । बौद्ध घ्याङ गुठीका अध्यक्ष समेत रहेका परम पुज्य धर्म गुरू भुपति बज्र लामा र आयोजकलाई कार्यक्रमलाई विथोल्न पुगेका समुहले कुटपिट गरेका थिए ।
विश्व सम्पदा सुचिमा सुचिकृत बौद्ध स्तुपा परिसरमा बौद्धधर्मावलम्बीहरुले छ्योईमे बत्ति बाल्ने तथा पुजा गर्ने अधिकार भएपनि पूजा विथोल्न आएका समुहले भने बौद्ध परिसरका मानिसहरु बाहेक अन्य व्यक्तिले पूजा गर्न नपाउने भन्दै नाराबाजी गरेका थिए ।