नेपाली पासपोर्टको स्तर यसपटक पनि खस्किएको छ ।
हेन्ले एन्ड पार्टनरले हालै सार्वजनिक गरेको हेन्ले पासपोर्ट सूचकांकमा नेपाल खराब सूचीको अन्तिम सातौं नम्बरमा रहेको सिएनएनले जनाएको छ ।
सुचकांको खराब सूचीमा नेपालसहित लेबनान, उत्तर कोरिया, लिब्या, प्यालेस्टाइन, सुडान, यमन, सोमालिया, पाकिस्तान, इराक र अफगानिस्तान रहेको छ । अन्तर्राष्ट्रिय हवाई यातायात प्रधिकरण(इटा)ले उपलब्ध गराएको १ सय ९९ देशको पासपोर्ट र २ सय २७ गन्तव्यका आधारमा हेन्लेले यो सूची निकालेको उल्लेख गरेको छ ।
सबैभन्दा शक्तिशाली पासपोर्टको पहिलो नम्बरमा एसियाका दुई देश सिंगापुर र जापान परेका छन् । अघिल्ल पटक ती देशका नागरिकले १ सय ८९ देशमा सजिलै भिसा पाउँथे भने यसपटक १ सय ९० देशमा उनीहरुको पासपोर्ट भ्रमणमैत्री पाइएको छ ।
४० भन्दा कम देशमामात्र सजिलै भिसा पाउने देशलाई हेन्लेले खराब सूचीमा राखेको छ । यसको पुच्छार १ सय ७ मा अफगानिस्तान रहेको छ भने नेपाल १०१ औं स्थानमा रहेको छ ।