गैरआवासीय नेपाली संघको ९ औ विश्व सम्मेलन भोलीदेखि राजधानी काठमाण्डौमा हुने भएको छ ।
संघले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी ९ औ विश्व सम्मेलनको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो । सम्मेलनमा ८१ मुलुकका गैह् आवासीय नेपाली प्रतिनिधिहरु, स्वदेशी विदेशी सहभागी समेत गरि २ हाजर ५ सय बढीको सहभागीता रहने संघले जनाएको छ ।
सम्मेलनले संघको नयाँ नेतृत्व पनि चयन गर्दैछ । “म, मेरो एन आर एन ए र मेरो नेपाल” भन्ने मूल विषयमा आधारित भएर हुन लागेको सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने संघले जनाएको छ । ।
यसैबीच संघले बालुवाटारस्थित भवन निर्माणका लागि खरिद गरिएको जग्गामा सर्वसाधरण नेपालीहरु जस्तै गैह् आवासिय नेपालीहरु ठगिएको बताएको छ । पत्रकार सम्मेलनमा संघका महासचिव बद्री केसीले राज्य संयन्त्रलाई विश्वास गर्दा आफुहरु ठगिएको बताएका हुन् ।
विदेशमा बस्ने भएकाले नेपालका कानुनबारे धेरै जानकार नरहेको भन्दै उहाँले संघको आफ्नै भवन बनाउने उद्देश्यले सन् २०११ मा संघको भवन निर्माणका लागि जग्गा खरिद गरेको र सो क्रममा नेपाल सरकारले ५० लाख भन्दा बढी मिनाहा दिएको पनि जानकारी दिए । तर जग्गा खरिद गर्ने क्रममा आफुहरु ठगिएको गुनासो उनले गरे ।
उनले भने जसरी सर्वसाधरण जनताहरु ठगिन्छन् त्यसैगरी आज नेपालमा गैह् आवासीय नेपाली संघ ठगिएको कुरा यहाँहरुलाई भन्न चाहन्छु ।
राजधानीको होटल हायात रिजेन्सीमा हुने सम्मेलन असोज २८ देखि ३० गते सम्म चल्ने छ । सन् २००३ देखि विदेशमा छरिएर रहेका गैरआवासीय नेपालीहरु समेट्ने क्रममा संघले ८० भन्दा बढी मुलुकमा आफ्नो राष्ट्रिय समन्वय परिषदहरु गठन गरिसकेको छ । आगामी नेतृत्वका लागि हालसम्म जर्मनीबाट कुमार पन्त र बेलायतबाट कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।
यसैबीच, एनआरएनए अध्यक्षका उम्मेदवार कुल आचार्यले आफ्नो प्यानल सार्वजनिक गरेका छन् । उनको प्यानलबाट उपाध्यक्षहरुमा केशव पौडेल, नरेन्द्र भाट, मन केसी र रविना थापा छन् । यस्तै महासचिवमा जानकी गुरुङ र कोषाध्यक्षमा सोम सापकोटा उम्मेदवार बनेका छन् । ।