शान्तिको मुहान कहाँ छ ? शान्ति कसरी हुन्छ ? शान्तिको श्रोत के हो ? कसरी त्यसलाई पाउन सकिन्छ ? त्यसका आधारहरु के–के हुन् ? यो खोजको विषय हो ।
हामी यसलाई खोज्न भौतारिरहन्छौँ । तर खासमा शान्ति शान्ति टाडा छैन । हामी सवैको विचमा छ । हाम्रै निकटमा छ । हाम्रै साथमा छ । हामी भित्रै लुकेको छ । जानीजानी हामीले लुकाएका छौँ । त्यसलाई वाहिर निकाल्नु पर्छ ।
अहिले विश्व रँगमञ्च रगतले रँगिएको छ । पशुमात्र नभएर मान्छे नमरेको कुनै समय छैन । हाम्रो शिरमा हरदम मृत्यु नाचिरहेको छ । मृत्युले हामीलाई निल्न खोजिरहेको छ । त्यो मृत्युलाई छल्ने प्रयत्नमा हामी परिवेशवाट भागिरहेका छौँ । तर मृत्युले हामीलाई पछ्याईरहेको छ । जताततै मृत्यु मात्रै छ ।
अघि–पछि, दायाँ–वायाँ जताततै छ मृत्यु । तर हामीहरु वाँच्न चाहन्छौँ । अस्वभाविक मृत्यु टार्न चाहन्छौँ । शान्तिमा वाँच्न चाहन्छौँ । स्वभाविक स्थितिमा वाँच्न चाहन्छौँ ।
हो यसै कुरालाई ध्यानमा राखेर बौद्ध घर्मवालम्वीहरुले विश्वमा रहेका सम्मूर्ण प्राणी जगतको सुख, शान्ति र दीर्घायूका साथै शान्तिको कामना गर्दै काठमाडौंको बोद्धस्थित तिन्चुलीमा रहेको ह्योल्मो गुम्बामा दश करोड बज्रगुरूले शान्ति पूजा गरेका छन् ।
प्रतेक दिनमा पॉच छ सय बोद्ध घर्मवालम्वीहरुको उपास्थितीमा बिहान ९ देखि दिउँसो ४ बजे सम्म पूजा हुने गरेको छ ।