विश्व भोकमरीको सूचीमा नेपालको स्थान भारत भन्दा राम्रो, नेपाल ७३ औं नम्बरमा

आजभोलि

भोकमरी न्यूनिकरणमा नेपालले खासै प्रगति गर्न नसके पनि दक्षिण एसियाली स्तरमा भने नेपाल राम्रो स्थितिमा छ ।

ग्लोबल हंगर इन्डेक्समा नेपाल ७३ औं स्थानमा रहेको एक प्रतिवेदनले देखाएको हो । अघिल्लो वर्ष नेपाल ७२ औं स्थानमा थियो । यस सूचीमा कूल १ सय १७ देश समावेश छन् ।

प्रतिवेदनमा ४३ देशमा भोकमरीको अवस्था गम्भीर रहेको जनाइएको छ । चाड, मडागास्कर, यमन र जाम्बियाको भोकमरीको तह उच्चदरमा अर्थात् अलार्मिङ अवस्थामा रहेको र सेन्ट्रल अफ्रिकन रिपब्लिकको अवस्था त्यो भन्दा नराम्रो भएको पाइएको छ ।

जलवायु परिवर्तनका कारण भोकमरीको अवस्था बढेको प्रतिवेदनमा उल्लेख छ । सो सूचीमा भारत १ सय २ नम्बरमा, पाकिस्तान ९४ मा, बंगलादेश ८८ र श्रीलंका ६६ औं स्थानमा पाइएका छन् । सूचीमा बेलारुस, युक्रेन, टर्की, क्युबा, कुवेत जस्ता मुलुक माथिल्लो श्रेणीमा रहेको पाइएको छ ।

यो प्रतिवेदनलाई विभिन्न महत्वपूर्ण निकायले मान्यता दिँदै आएका छन् ।

  • २९ आश्विन २०७६, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !