कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले मुलुकभित्रै उपलब्ध खाद्य पदार्थलाई व्यवस्थित गर्न नसकिएको बताएका छन् ।
३९ औ विश्व खाद्य दिवसको सन्र्दभमा बुधबार कृषि विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री खनालले मुलुकभित्रै आवश्यक खाद्य पदार्थ उपलब्ध भएपनि त्यसको समुचित व्यवस्थापन गर्न नसकिएको बताएका हुन् ।
भौगोलिक बनाबट, क्षेत्रगत रुपमा विद्यमान ऐतिहासिक कारण लगायतले खाद्य सुरक्षाको बारेमा पर्याप्त ज्ञान नभएकाले त्यसको समुचित व्यवस्थापनमा पनि समस्या देखिएको भनाई उनको थियो ।
उनले खाने शैलीमा परिर्वतन ल्याउनुको साथै खाद्य वितरण प्रणालीलाई पनि सुधार गर्नुपर्ने बताए । संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन स्थापनाको सम्झनामा सबैलाई खाद्य सुरक्षा तथा पोषणबार जानकारी गराउने उद्देश्य साथ विश्व खाद्य दिवस १ सय ५० देशले मनाउदै आएका छन् ।