प्रधानमन्त्री ओलीले देखेको सपनामा चिनियाँ राष्ट्रपति सीको बलियो साथ र समर्थन पाएको छ : मन्त्री बास्कोटा

आजभोलि

सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले देखेको सपनामा चिनियाँ राष्ट्रपति सीको बलियो साथ र समर्थन पाएको बताएका छन् ।

मन्त्री बास्कोटाले नेपाललाई भूपरीवेष्ठितबाट भूजडित राष्ट्र बनाउने प्रधानमन्त्री ओलीले बारम्बार देख्नु भएको सपनामा बलियो साथ र समर्थन हुनेगरी चिनियाँ राष्ट्रपति सीले नेपाली जनता समक्ष सार्वजनिक अभिव्यक्ति दिएको बताएका हुन् ।

नेपाललाई भूपरीवेष्ठित नभई भूजडित राष्ट्र बनाउन बारम्बार देखेका प्रधानमन्त्री ओलीको सपनामा चीनको बलियो साथ र समर्थन स्वयम् चिनियाँ राष्ट्रपतिबाटै नेपाली जनता समक्ष व्यक्त भएको मन्त्री बास्कोटाले बताए ।

‘अव नेपाल हवाई, समुन्द्र, यातायात, संचार, रेल सेवालगायतका आधुनिक विकासका मानकहरुमा चीनसँगै अघि बढने सम्भावनाको ढोका चिनियाँ राष्ट्रपतिको भ्रमणबाट खुलेको छ ।’ मन्त्री बास्कोटाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण ऐतिहासिक रुपमै सफल भएको पनि दोहो¥याए ।

मन्त्री बास्कोटाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको उपलब्धिलाई मूल्यमा मापन गर्न नसकिने पनि बताए ।

  • ३० आश्विन २०७६, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !