पार्टी अनुशासनबाट नेता कार्यकर्ता विचलित हुँदै : अध्यक्ष प्रचण्ड

आजभोलि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी अनुशासनबाट नेता कार्यकर्ता विचलित हुँदै गएको बताएका छन् ।

उनले परिवर्तन र समाजवादको महान यात्रामा कहीँ कतैबाट अप्ठ्यारो हुन्छ भने त्यो आफैबाट हुने विचार व्यक्त गरेका हुन् । नेकपा चितवनले बिहीबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनँले परिवर्तनमा कहीँकतैबाट खतरा नभई पार्टी भित्रबाटै खतरा हुनसक्ने बताए ।

प्रतिगामी खेल्ने ठाउँ चितवन बनेको भन्दै उनले अराजकता फैलाउनेमा पार्टीका समर्थक, शुभचिन्तक पनि पछि लागेको सुनेको र देखेको भन्दै चिन्ता व्यक्त गरे ।

शुभकामना आदानप्रदान गर्दै गर्दा कमी कमजोरीका विषयलाई गहिरो गरी विचार गरियो भने मात्र शुभकामना सार्थक हुने उनले बताए । उनले समाजवादको उद्देश्यका निम्ति फेरि एक पटक आन्दोलन गर्ने इच्छा रहेको बताए ।

कम्युनिस्ट पार्टीहरुले आफूमा लागेको धुलो पखाल्ने बेला आएको प्रचण्डको भनाइ थियो ।

  • १ कार्तिक २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !