एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी

आजभोलि

गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् ।

संघको नवौं अधिवेशनबाट कुल आचार्यलाई पराजित गर्दै पन्त आगामी दुई बर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । पन्तले एक हजार ९४ मत ल्याए भने आचार्यले नौ सय ५९ मत ल्याएका हुन्।

उपाध्यक्षमा अर्जुनकुमार श्रेष्ठ, सोनाम लामा, बद्री केसी, रविना थापा र मन केसी निर्वाचित भए। महासचिवमा हेमराज शर्मा निर्वाचित भए भने सचिव गौरी जोशी र आरके शर्मा निर्वाचित भएका छन्। कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा लोक दाहाल विजयी भएका छन्।

निर्वाचनमा दुई हजार तीन सय ४४ मत खसेको थियो। ८१ देशबाट सम्मेलनमा भाग लिन एनआरएनएका प्रतिनिधि नेपाल आएका थिए। २५ सदस्यीय कार्यसमितिका लागि ७५ जनाले उमेदवारी दिएका थिए ।

Posted by Nab Raj Roshyara on Friday, October 18, 2019

  • १ कार्तिक २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !