गैरआवासीय नेपाली सङ्घ एनआरएनएको नयाँ नेतृत्वमा कुमार पन्त विजयी हुनुभएको छ ।
काठमाडौंमा सम्पन्न एनआरएनएको नवौं राष्ट्रिय सम्मेलनले पन्तलाई दुई वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित गरेको हो । प्रतिस्पर्धी कूल आचार्यलाई १४७ मतले पछि पार्दैं सङ्घको आगामी दुई वर्षका लागि उहाँ विजयी हुनुभएको हो ।
पन्तले १ हजार २१७ मत प्राप्त गर्नु भएको थियो भने आचार्यले १ हजार ७० मत प्राप्त गर्नु भएकोे थियो । गोरखा फुजेलमा जन्मनुभएका नवनिर्वाचित अध्यक्ष पन्त जर्मिनिमा व्यवसाय गर्दै हुनुहुन्छ । व्यवसायसँगै पन्त एनआरएनएमा पनि निरन्तर लागिरहनु भएको छ ।
सन् २००४ सालमा एनआरएनए जर्मनी राष्ट्रिय परिषद् गठन गरी क्षेत्रीय सदस्य बन्नुभएका पन्त केही महिनापछि संयोजक हुनुभएको थियो । सन् २००९ मा अन्तर्रा्ष्ट्रिय समन्वय परिषद्, २०११ मा युरोप क्षेत्रको संयोजकमा निर्वा्चित उहाँ २०१३ देखि १५ सम्म अन्तर्रा्ष्ट्रिय समन्वय परिषद्को महासचिव हुनुहुन्थ्यो ।
सन् २०१५ देखि दुई कार्यकाल पन्त उपाध्यक्ष नै रहनुभएको थियो । अध्यक्ष पदमा निर्वाचित भएपछि पन्तले नेपालमा १० अर्व वैदेशिक लगानी वार्षिक रुपमा भित्र्याउन लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले दक्ष कामदार मात्रै विदेश पठाउने सरकारको अभियानमा सक्दो सहयोग गर्ने बताउनुभयो ।
उहाँले एनआरएनएको नेतृत्वको चयनका लागि घरघरबाटै मतदान गर्ने व्यवस्था गर्ने घोषणा पनि गर्नुभयो । उहाँले संचारकर्मीमाझ एनआरएनएलाई राजनीतिबाट मुक्त गराउन लागिपर्ने बताउनुभयो ।
उहाँले जीत आफ्नो मात्र नभएर सबै गैरआवासीय नेपालीको भएको प्रतिक्रिया दिनुभयो । सबैलाई एकताबद्ध बनाएर लैजानेसमेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । यसैगरी उपाध्यक्षमा डा बद्री केसी, अर्जुकुमार श्रेष्ठ, मनकेसी र सोनाम लामा विजयी हुनुभएको छ ।
सङ्घको महिला उपाध्यक्षमा रविना थापा निर्वा्चित हुनुभएको छ । यसैगरी महासचिवमा डा हेमराज शर्मा, सचिवमा गौरीराज शर्मा र आरके शर्मा विजयी हुनुभएको छ । कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा लोकप्रसाद दाहाल निर्वा्चित हुनुभएको छ ।
यसैगरी महिला संयोजकमा शोभादेवी लिम्बू, युवा संयोजकमा हिमाल गुरुङ, क्षेत्रीय संयोजक अफ्रिकमा रोशन थापा, क्षेत्रीय महिला संयोजक (अफ्रिका) मनकला थापा विष्ट, क्षेत्रीय संयोजक (अमेरिकामा राजन त्रिपाठी, क्षेत्रीय उपसंयोजक अमेरिकामा रामसी पोखरेल, क्षेत्रीय महिला संयोजक (अमेरिका)मा कार्की थापा, क्षेत्रिय युवा संयोजक (अमेरिका) विमला सापकोटा निर्वा्चित हुनुभएको छ ।
यसैगरी क्षेत्रीय संयोजक (एशिया प्रशान्त) गोविन्द श्रेष्ठ, क्षेत्रीय उपसंयोजक (एशिया प्रशान्त) खगेन्द्र न्यौपाने र पारशमणि पोखरेल, क्षेत्रीय महिला संयोजक (एशिया प्रशान्त) अमृता थापा क्षेत्रीय युवा संयोजक (एशिया प्रशान्त) दीपकप्रसाद कँडेल निर्वा्चित हुनुभएको छ । यसैगरी क्षेत्रीय संयोजक (मध्यपूर्व)मा प्रविण गुरुङ, क्षेत्रीय उपसंयोजक (मध्यपूर्व)मा मनोजकुमार श्रेष्ठ र राजेन्द्र अर्याल क्षेत्रीय महिला संयोजक (मध्यपूर्व) सुमित्रा देवी पौडेल, क्षेत्रीय युवा संयोजक (मध्यपूर्व)मा राजु रेग्मी निर्वा्चित हुनुभएको छ ।
यसैगरी क्षेत्रीय संयोजक (युरोप)मा नारायणप्रसाद आचार्य, क्षेत्रीय उपसंयोजक (युरोप)मा कृष्णप्रसाद तिमिल्सेना, मुक्तबहादुर गुरुङ र शुक्रराज न्यौपाने, क्षेत्रीय महिला संयोजक (युरोप) कुमारी योगिता थापा, क्षेत्रीय युवा संयोजक (युरोप) जयकृष्ण ठाकुर निर्वा्चित हुनुभएको छ । यसैगरी क्षेत्रीय संयोजक (ओसियाना)मा हेमराज पाण्डे, क्षेत्रीय उपसंयोजक (ओसियाना) नवीन कँडेल, क्षेत्रीय महिला संयोजक (ओसियाना) जानकी पौडेल र क्षेत्रीय युवा संयोजक (ओसियाना) राजकुमार थपलिया निर्वा्चित हुनुभएको छ ।
निर्वाचनमा करीब दुई हजार ३०० मत खसेको थियो । गत असोज २८ गतेदेखि सङ्घको नवौँ विश्व नेपाली सम्मेलन तथा अन्तर्रा्ष्ट्रिय महाधिवेशन शुरु भएको हो । कूल ४२ पदका लागि भएको निर्वाचनमा ७६ प्रतिस्पर्धी हुनुहुन्थ्यो । तीन दिनसम्म चलेको सम्मेलनमा ८१ देशका गैरआवासीय नेपाली सहभागी थिए ।