मस्जिदमा बम विस्फोटमा हुदाँ कम्तीमा ६२ जनाको मृत्यु, ३६ जना घाईत

आजभोलि

मस्जिदमा बम विस्फोटमा हुदाँ कम्तीमा ६२ जनाको मृत्यु, ३६ जना घाईत

अफगानिस्तानको एक मस्जिदमा भएको बम विस्फोटमा परि कम्तीमा ६२ जनाको मृत्यु भएको छ ।

पूर्वी नानगहर प्रान्तमा रहेको एउटा मस्जिदमा शुक्रबारको नमाज पढिरहेका बेला बम विस्फोट भएको हो । विस्फोटमा परि ३६ जना घाईते भएका छन् । विस्फोटका कारण मस्जिदको छतसमेत खसेको छ ।

उक्त क्षेत्रमा चरमपन्थी समूह इस्लामिक स्टेट र तालिबान दुवै सक्रिय छन् । तर दुवैले अहिलेसम्म विस्फोटको जिम्मेवारी लिएका छैनन् । प्रान्तीय राजधानी जलालाबादबाट ५० किलोमिटर पर रहेको हस्का मिना जिल्लाको एउटा मस्जिदमा विस्फोट भएको नानगहर प्रान्तका गभर्नर अताउल्लाह खोग्यानीले जानकारी दिए ।

संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानमा हिंसाको स्तर अस्वीकार्य भएको जनाए लगत्तै यो विस्फोट भएको हो । संयुक्त राष्ट्र संघका अनुसार गएको जुलाईदेखि सेप्टेम्बरसम्म कम्तीमा ११७४ नागरिक मारिएका छन् ।

यसमा २०१९ को जुलाई महिना यो दशककै सबैभन्दा रक्तपातपूर्ण महिना सावित भएको छ ।

  • २ कार्तिक २०७६, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !