नेपालले ठुला राष्ट्रका स्वार्थबाट आफुलाई जोगाईराख्नुपर्ने चुनौति थपियो : नेता नेपाल

आजभोलि

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले ठुला राष्ट्रका स्वार्थबाट आफुलाई जोगाईराख्नुपर्ने चुनौति थपिएको बताएका छन् ।

हालै चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण पछि विश्वको ध्यान नेपालतिर आकर्षित भएको भन्दै उनले भ्रमणको सफलतासंगै खतरा पनि बढेको बताए । सञ्चार केन्द्र नेपालले सनिबार राजधानीमा गरेको अन्तरक्रियालाई सम्बोधन गर्दे उनले सबै ठुला राष्ट्रका आआफ्ना किसिमका स्वार्थ हुने भएकाले ती स्वार्थ पुरा गर्ने माध्यम बन्नबाट आफुलाई जोगाईराख्नु मुख्य चुनौति भएको बताए ।

नेपालले पञ्चशिलताको सिद्धान्तको आधारमा स्वतन्त्रता, स्वभिमान, आन्तरिक मामिलामा अहस्तक्षेपको सुनिश्चिता गर्दै छिमेकी राष्ट्रसंगको सम्बन्ध कायम गर्नुपर्नेमा उनले जोड दिए ।

उनले गैह आवासिय नेपाली संघको नयाँ नेतृत्वका लागि निर्वाचित पदाधिकारीलाई नेपालप्रतिको उद्देश्यमा स्पष्ट हुन आग्रह गरे । दोहोरो नागरिकता र राजनीतिक अधिकारको खोजीलाई उनले “चिचि पनि पापा पनि” को संज्ञा दिदै त्यस्तो सुविधा असंभव रहेको बताए ।

नेता नेपालले पूँजी, सिप र प्रविधिको राम्रो प्रयोग गरेर मुलुकलाई आर्थिक रुपान्तरणको बाटोमा अग्रसर गराउनुपर्ने र त्यसका लागि बानी व्यवहारमा परिर्वतन गर्नुपर्ने आवश्यकता औल्याए । विश्वका कतिपय राष्ट्रहरुको दृष्टान्त दिदै उनले सरकारले गैह्आवासिय नेपालीलाई सम्मान गर्दैै मुलुकको विकासका लागि उनीहरुको साथ र सहयोग लिनुपर्ने बताए ।

  • २ कार्तिक २०७६, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !