प्रतिनिधिसभाका सभामुख पदमा आफ्नो पार्टीको दावी छ : नेता लेखक

आजभोलि

प्रमुख प्रतिदल नेपाली काँग्रेसका नेता रमेश लेखकले प्रतिनिधिसभाका सभामुख पदमा आफ्नो पार्टीको दावी रहेको बताएका छन् ।

काँग्रेस नेता लेखकले सभामुख र उपसभामुख पदमध्ये एक पद आफ्नो पार्टीले नपाए मान्य नहुने चेतावनी पनि दिए । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले फरक दलको सभामुख र उपसभामुख हुनुपर्ने संवैधानिक व्यवस्था रहेकाले सोही अनुसार सभामुख पद प्रमुख प्रतिपक्ष दललाई दिनुपर्ने तर्क पनि गरे ।

उनले सभामुख र उपसभामुख पद एउटै दलले राखेर संविधान विपरितका गतिविधि अव हुन नदिने पनि बताए ।

पूर्वमन्त्री समेत रहनु भएका काँग्रेस नेता लेखकले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता नागरिक छानवीन आयोग तत्काल गठन गर्न पनि सरकारसँग माग गरे ।

उनले संक्रमणकालीन न्याय निरुपणका लागि आवश्यक कानुन संशोधन गर्न ढिलाई नगर्न सरकारलाई सचेत पनि गराए ।

  • ५ कार्तिक २०७६, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !