लायन निमा छोकी शेर्पाले आमाडब्लम हिमाल आरोहण गर्ने

आजभोलि

लायन्स क्लब अफ नेपाल शेभ हिमालयका चार्टर सदस्य र शेर्पा पर्यटन व्यवसायी संघ नेपालको साधारण सदस्य निमा छोकी शेर्पाले आमाडब्लम हिमालको आरोहण गर्ने भएको छ ।

दोलखा जिल्ला गौरीशंकर २ की शेर्पाले अटम सिजनमा ६८१२ मि उचाईमा रहेको आमाडब्लम हिमालको आरोहण गर्ने भएको छ ।

उनले २०१८ को स्प्रिङ सिजनमा ‘बुद्ध नेपालमा जन्मिएको हो’ भन्ने नारासहित सगरमाथा शिखर चुमेकी हुन् । शेर्पाले लायन्स क्लब अफ नेपाल शेभ हिमालय र शेर्पा पर्यटन व्यवसायी संघ नेपालको व्यनर पनि आमाडब्लम हिमालको चुचुरोमा लगेर जाने छिन ।

सोमबार लायन्स क्लब अफ नेपाल शेभ हिमालयका अध्यक्ष र शेर्पा पर्यटन व्यवसायी संघ नेपालको उपाध्यक्ष ङावा ङिमा शेर्पा, लायन्स क्लब अफ नेपाल शेभ हिमालयका सचिब तथा शेर्पा पर्यटन व्यवसायी संघ नेपालको महासचिव आङ पेम्बा शेर्पा र लायन्स क्लब अफ नेपाल शेभ हिमालयका शेर्पा पर्यटन व्यवसायी संघ नेपालको सदस्य देण्डी शेर्पाले लायन्स क्लब अफ नेपाल शेभ हिमालय र शेर्पा पर्यटन व्यवसायी संघ नेपालको व्यानर हस्तान्तरण गरिएको छ ।

  • ५ कार्तिक २०७६, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !