गोपाल गौरी दिगो विकास प्रतिष्ठानको वार्षिक साधारण सभा सम्पन्न,अध्यक्षमा पुनःगौतम निर्वाचित

आजभोलि

गोपाल गौरी दिगो विकास प्रतिष्ठानको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

प्रतिष्ठानका अध्यक्ष इन्दिरा गौतमको सभापतित्व तथा प्रदेश नम्बर ३ का उपसभामुख राधिका तामाङको प्रमुख आथित्यतामा शनिबार राजधानीको सामाखुशिस्थित एक होटलमा प्रतिष्ठानको नयाँ कार्यसमितिको समेत चयन गरी साधारण सभा सम्पन्न भएको हो ।

टोखा नगरपालीका वडा नम्बर ९ का वडा अध्यक्ष जोक प्रसाद नेपालको विशेष आथित्यता रहेको प्रतिष्ठानको साधारण सभामा वडा नम्बर १० कै वडा अध्यक्ष मधुसुधन पाण्डे, समाजसेवि शैलेन्द्र प्रकाश नेपाल , बाल सचेतना केन्द्र नेपालका अध्यक्ष बाबुराम फुयाल, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,समाजसेवि लगाएत पत्रकारहरु उपस्थित रहेको थियो ।

साधारण सभाका प्रमुख अतिथि प्रदेश नम्बर ३ का उपसभामुख राधिका तामाङले उद्घाटन गर्नुभएको कार्यक्रममा प्रतिष्ठानका सचिव नवराज घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको उद्धघाटन गर्दै उपसभामुख तामाङले प्रतिष्ठानले समाजमा स्वागतयोग्य कार्य गरेको भन्दै आगामी दिनमा पनि यस्तै कार्य गर्दै अगाडि बढ्न सुझाव दिनुभएको थियो । उहाँले जेष्ठनागरिक,एकल महिला लगाएत सानो बालबालिकालाई पनि प्रतिष्ठानले सम्मान गरेकोमा अध्यक्ष गौतमलाई धन्यवाद व्यक्त गर्नुभयो ।

बजारमा च्याउ उम्रेसरि संघसंस्थाहरु खुलेको भएपनि यस प्रतिष्ठानको विधान र कार्यहरु पृथक रहेकाले आफुहरु पनि प्रतिष्ठानसँग सहकार्य गरेर जान चाहेको उहाँले बताउनुभयो ।उहाँले उपस्थित सम्पुर्णलाई फजुल खर्च नगर्न तथा देखावटी सहयोग नगर्न आग्रह गर्नुभयो ।

सभाले गत आर्थिक वर्ष २०७५ ७६ को वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । त्यस्तै संस्थाका वार्षिक गतिविधीसहितको प्रतिवेदन महासचिव रामेश्वर थापाले प्रस्तुत गरेको थियो भने संस्थाका सहसचिव किशोर अधिकारीले कार्यक्रम सञ्चालन गरेको थियो ।

प्रतिष्ठानले बार्षिक साधारण सभाका अवसरमा जेष्ठ नागरिकहरु, एकल महिला तथा दलित बालबालिकालाई दोसल्ला ओढाउनुका साथै आर्थिक सहयोय सहित सम्मान गरेका हुन् ।

सम्मानित जेष्ठ नागरिकले आफुहरुलाई सम्मान गरेकोमा प्रतिष्ठानलाई धन्यावाद ज्ञापन गरेको थियो । त्यस्तै गोपाल गौरी दिगो विकास प्रतिष्ठानले भने आगामी वर्षहरुमा पनि यसलाई निरन्तरता दिने जनाएको छ ।

यसैक्रममा, आजिवन सदस्य बन्नु भएका सम्पूर्णलाई सदस्यता प्रधान गरिएको थियो । सदस्यता लिनेहरुमा पुष्प भट्टराई , नवराज घिमिरे, सुनिता खतिवडा, गणेश प्रसाद घिमिरे, गोमा श्रेण्ठ, किशोर अधिकारी,श्री प्रसाद घिमिरे लगाएत १४ जना रहेका छन्।

यसैगरी गोपाल गौरी दिगो विकास प्रतिष्ठानको दोस्रो बार्षिक साधारण सभाबाट इन्दिरा गौतम पुनः अध्यक्षमा निर्वाचित हुनुभएको छ । शानिबार सामाखुशिमा सम्पन्न साधारण सभाबाट गौतम पुनः अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

सभाबाट प्रतिष्ठानको उपाध्यक्षमा श्री प्रसाद घिमिरे, महासचिवमा रामेश्वर थापा, सचिवमा नवराज घिमिरे, सहसचिवमा किशोर अधिकारी र कोषाध्यक्षमा दामोदर प्रसाद सापकोटा चयन भएको छ । त्यस्तै सदस्यहरुमा शंकर धिताल, लीलामाया ढकाल गौतम, नन्दलाल श्रेष्ठ, बाबुराम फुयाल र सुनिता खतिवडा रहेका छन् ।

निर्वाचित अध्यक्ष गौतमले कुनै पनि बालबालिका, एकल महिला तथा जेष्ठ नागरिकहरुले दुख भोग्न नपरोस् भन्ने उद्देश्यले बालश्रम निमूर्लन र जोखिमपूर्ण अवस्थामा रहेका एकल महिला ,जेष्ठ नागरिक तथा बालबालिकाको जीवनमा परिवर्तन गर्न आफुहरु लागिरहेकोे बताउनुभयो।

  • १७ कार्तिक २०७६, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !