सीमा समस्या समाधान गर्ने जिम्मेवारी प्रधानमन्त्रीलाई:कांग्रेस

आजभोलि

पाली काँग्रेसले भारतसँगको सीमा समस्या समाधानका लागि उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक पहल गर्न सरकारलाई आग्रह गरेको छ ।

नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले पत्रकार सम्मेलन गरी सीमा समस्या समाधानका लागि परिणाममुखी पहल गर्न सरकारलाई आग्रह गरेका हुन् । उनले सीमा समस्या समाधान गर्ने जिम्मेवारी सबै राजनीतिक दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको पनि बताए ।

उनले आफ्नो पार्टीले प्रधानमन्त्री ओलीले जिम्मेवारी पूरा गर्ने हुन वा होईनन् भन्ने कुरा नियाली रहेको बताए । ‘राष्ट्रिय एकता निर्माण भएको यो ऐतिहासिक कालखण्डमा भारतसँगको सीमा समस्या समाधानका लागि परिणाममुखी उच्चस्तरको कूटनीतिक तथा राजनीतिक पहल गर्न सरकार सक्षम हुने विश्वास आफ्नो पार्टीले लिएको छ,’ प्रवक्ता शर्माले भने,‘प्रधानमन्त्री ओलीले सो जिम्मेवारीलाई कसरी पूरा गर्नुहुन्छ ? आफ्नो पार्टीले सतर्कताका साथ नियाली रहेको छ ।’

प्रवक्ता शर्माले मुलुकको राष्ट्रियता, लोकतन्त्र, संघीयता र समृद्धिको अभियानमा सरकारलाई आफ्नो पार्टीको सदा साथ रहने प्रतिवद्धता पनि व्यक्त गरे ।

  • २७ कार्तिक २०७६, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !