सिद्धबाबा सुरुङ निर्माणको खरिद प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिएको छ ।
अर्थले सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेख्दै बहुवर्षीय ठेक्काको माध्यमबाट १० अर्ब १५ करोडमा सम्पन्न गर्न सहमति प्रदान गरेको जनाएको हो । सुरुङ डिजाइन एन्ड बिल्ट मोडालिटीमा निर्माण हुने छ ।
यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरुङ निर्माणको लागि १० अर्ब १५ करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको थियो । परियोजनाले राष्ट्रिय योजना आयोगबाट स्वीकृत बहुवर्षिय ठेक्का मापदण्डबमोजिम प्रक्रिया पुरा गरी मध्यमकालीन खर्च संरचनामा समावेश गरिएको छ ।
यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरूङ मार्ग बनाउन पूर्व ‘जियोलोजिकल’ सर्भे गरिसकेको छ भने गुरुयोजना पनि बनिसकेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने तल्लो शिद्धबाबादेखि दोभानसम्म झण्डै तीन किलोमिटर सडक अति जोमिखपूर्ण छ ।