उपनिर्वाचनका समयमा राजनीतिक दलहरुबाट आचारसंहिता पालना भएन

आजभोलि

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिले उपनिर्वाचनका समयमा राजनीतिक दलहरुबाट आचारसंहिता पालना नभएको बताएको छ ।

बुधबार उपनिर्वाचन २०७६ को अन्तिम पर्यवेक्षण प्रतिवेदन सार्वजनिक गर्न आयोजित कार्यक्रममा यस्तो बताएको हो । आचारसंहिता उलंघन गर्ने दलहरुलाई कारवाही गर्नुको सट्टा निर्वाचन आयोग राजनीतिक दलहरुलाई सचेत गराउनमा मात्रै सिमिति रहेको समितिले बताएको छ ।

समितिका सदस्य कपिल शर्माले विगतको तुलनामा आचारसंहिता पालनामा केही राम्रो हुँदै गएको बताए । उनले लोकतन्त्रलाई लोकतन्त्र बनाउने भनेकै चुनाव भएकोले सबै सचेत, सतर्क र क्रियाशिल हुनुपर्ने बताए ।

उनले निर्वाचनका समयमा आवश्यकता भन्दा बढी खर्च गर्ने प्रवृति देखिएको भन्दै यसको रोकथामका लागि राजनीतिक शक्ति सचेत हुनुपर्ने धारणा राखे । निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले मतदान अधिकृतहरुमा केही कमि कमजोरी देखिएको बताए ।

यादवले निर्वाचन कुन समय गर्ने भन्ने कुरा ऐन नियममै उल्लेख हुनुपर्ने सुझाव समेत दिएका छन् । उनले मतदान गरेकै ठाउँबाट मतगणना गर्दा ढुवानी वाफतको खर्च कटौती हुने बताए ।

त्यस्तै उम्मेदवारले प्रयोग गर्ने सवारु िसाधनमा मतदाताहरुलाई ओसार पोसार गरेको पाइएको छ । समितिले निर्वाचन सुरक्षा प्रणालीमा सरोकारवालाको सहज पहुँच भएपनि सुरक्षाकर्मीहरुलाई पर्याप्त तालिम प्रदान नगरिएको जनाएको छ ।

त्यस्तै सुरक्षाकर्मीर्लाइ मतदान केन्दको व्यवस्थापनमा आयोग र सुरक्षा संयन्त्रको स्पष्ट निर्देशन हुन नसकेको समितिको ठहर छ ।

१ प्रतिनिधिसभा, ३ प्रदेशसभा र ४८ स्थानीय तहमा गरि ५२ रिक्त पदका लागि मंसिर १४ गते उपनिर्वाचन भएको थियो ।

  • १८ मंसिर २०७६, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !