अब सरकारको कामको गति अब बढ्छः अध्यक्ष प्रचण्ड

आजभोलि

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब सरकारको कामको गति बढ्ने बढ्ने बताएका छन् । बिहीबार धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले मन्त्रीमण्डलको पुनर्गठन भएकाले सरकारको गति बढ्ने बताएका हुन् ।

उनले नयाँ मन्त्रीहरुले जनताको आकांक्षा पुरा गर्नुहुन्छ भन्ने विश्वास पार्टीले लिएको बताए । उनले जनताको भावना अनुसार नै सीमाका बारेमा सरकारले भारतलाई चिठी लेखेको स्पष्ट पारे ।

उनले वार्ता र छलफलबाटै सीमा विवाद समाधान गर्नुपर्ने र सुरुमा नै यस बिषयलाई अन्तराष्ट्रियकरण गर्न नहुने आफूले बताएको उल्लेख गरे ।

उनले नेपालका लागि भारतीय पूर्वराजदूत श्यामशरणले यस बिषयलाई राजनीतिकरण गर्न नहुने भन्ने दिएको वक्तव्य उचित नभएको बताए । उनले भने, ‘सीमा विवादलाई राजनीतिकरण देख्ने श्यामशरणको दृष्टिदोष हो।’

  • १९ मंसिर २०७६, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !