स्वरसम्राट स्मृति सम्मान २०७६ : रञ्जित गजमेर र जगतमर्दनलाई

आजभोलि

संगीतकार रञ्जित गजमेर र गायक जगतमर्दन थापालाई स्वरसम्राट स्मृति सम्मान २०७६ बाट सम्मानित गरिएको छ ।

स्वरसम्राट नारायण गोपालको २९ औें स्मृति दिवसका अवशरमा नारायण गोपाल ंसंगीत कोषले गजमेर र थापालाई जनही २५ हजार नगद र सम्मानपत्रसहित सम्मानित गरेको हो ।

थापालाई सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्मानपत्र हस्तान्तरण गरेका थिए । गजमेर कार्यक्रमका अनुपस्थित थिए । उनी काम विशेषले बाहिर भएकाले कार्यक्रममा अनुपस्थित रहनुभएको कोषले जनाएको छ ।

कार्यक्रममा बोल्दै राज्यमन्त्री मानन्धरले स्वरसम्राट नारायण गोपालको स्मृतिसभामा सहभागि हुन पाउनु आफ्नो सौभाग्य भएको बताऐ । सुख र दुःखमा मात्रै नभएर फुर्सद मिलाएर जुनसुकै समयमा पनि मन्त्रालयमा भेट्न आउन अनुरोध गर्दै उनले घरपरिवारको बीचमा गाह्रो हुँदा समेत सम्झिन आगह गरेका छन् ।

कोषको नयाँ निर्माण हुने भवनको शिलान्यास समेत गरिएको छ । महानगरका प्रमुख शाक्यले भवनको शिलान्यास गरेका हुन् । कालजयी गीतका सर्जक तथा जादुमय स्वरका धनी स्वरसम्राट नारायणगोपालको जन्म बुबा आशगोपाल गुरुवाचार्य र आमा रामदेवी गुरुवाचार्यको कोखबाट १९९६ असोज १८ गते काठमाडौंमा भएको थियो ।

उनको विसं २०४७ मंसिर १९ गते ५१ वर्षको उमेरमा निधन भयो । नेपाली सांगीतिक क्षेत्रमा गहिरो प्रभाव छाडेर संसारबाट विदा हुनुभएका स्वरसम्राट अहिले पनि जनजनको मनमनमा जीवन्त हुनुहुन्छ ।

  • १९ मंसिर २०७६, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !