राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ४ गतेका लागि संसदको हिउँदे अधिवेशन आह्वान गर्नुभएको छ ।
नेपालको संविधानको धारा ९३ बमोजिम उक्त दिनका लागि संसदको आह्वान गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पुस ४ गते शुक्रवार दिउँसो ४ बजेका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बैठक बोलाइएको हो । राष्ट्रपतिले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो ।