काठमाडौं । संघीय संसदको अन्तार्रष्ट्रिय सम्बन्धम समितिले नेपाल सरकारलाई लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक गर्न निर्देशन दिएको छ । साथै नेपाली भूभाग कालापानीमा रहेको भारतीय सेनालाई हटाउनन पनि भनेको छ ।
आजको बैठकमा गृहमन्त्री राम बहादुर थापा र भूमि व्यवस्थामन्त्री पद्मा अर्याललाई बोलाएर उक्त निर्देशन दिईएको हो । बैठकमा मन्त्री अर्यालले कालापानी र लिपुलेक नक्सामा भएको तर लिम्पियाधुराका नभएको दाबी गरिन । तर विज्ञहरुका अनुसार कालापानी र लिपुलेकको केही भाग अहिलेको सरकारी नक्समा नभएको जनाएका छन् ।
बैठकले आज चारओटा निर्णय गरी सरकारलाई निर्देश गरेको छ । निर्णयमा कालापानीका स्थानीय बासिन्दा सहज बनाउन विकासका कार्यक्रम तय गर्न पनि भनिएको छ ।