चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको ५२ वर्षको उमेरमा निधन भएको छ ।
उनको गएराति हृदयाघातका कारण निधन भएको हो । वैवाहिक कार्यक्रमबाट निवास फर्कंदै गर्दा बाटोमा बेहोस भएका उनलाई उपचारार्थ ओम अस्पताल लगिएकामा राति निधन भएको हो ।
उनको अहिले महाराजगञ्जस्थित त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा शव परीक्षण भइरहेको बोर्डका सदस्य नरेन्द्र महर्जनले जानकारी दिए । भट्टराइ चलचित्रका निर्देशक साथै जनपक्षीय चलचित्रकर्मी मञ्चका पूर्वअध्यक्षसमेत थिए ।
उनका श्रीमती र एक छोरा रहेका छन् । उनको आजै अन्त्येष्टि गरिनेछ ।