विश्व वरियतामा नेपालका युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल १४ औँ स्थानमा पुगेको सार्वजनिक भएको छ ।
मंगलबार विश्व ब्याडमिन्टन महासङ्घले विश्व वरियतामा नेपालका युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल १४ औँ स्थानमा पुगेको सार्वजनिक गरेका हुन् । दाहाल जुनियरतर्फको विश्व वरियतामा १८ औँ स्थानमा सुधार गर्दै १४ औँ स्थानमा पुगेको छ ।
प्रिन्सले प्राप्त गरेको उक्त वरियता नेपाली खेलाडीले अहिलेसम्म प्राप्त गरेको उच्च हो । यसअघि उनी विश्व वरियताको ३२ औँ स्थानमा थिए । प्रिन्सले अन्तरराष्ट्रिय प्रतियोगिता गत सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्समा सम्पन्न दुबई इन्टरनेशनल सिरिजमा उपाधि जितेका थिए । उनले फाइनलमा भारतलाई पराजित गर्दै उपाधि जितेका थिए ।