हेटौंडा । तीन नम्बर प्रदेशको स्थायी राजधानी हेटौंडा कायम भएको छ । प्रदेशसभामा भर्खरै सम्पन्न मतदानबाट स्थायी राजधानी हेटौंडाको लागि १ सय ५ मत परेको छ ।
तर, राजधानी हेटौंडा नभइ काभ्रेको धुलिखेल तीन मत परेको छ । आखिर को हुन् जसले धुलिखेल राजधानी भनि मतदान गरे ।
तीन नम्बर प्रदेशको राजधानी धुलिखेलमा कायम गरियोस् आइतबार बिहान भएको मतदानमा विवेकशील साझा पार्टीका तीन जनाले मतदान गरेका हुन् । यसरी मतदान गर्नेमा साझा पार्टीका रमेश पौडेल, शोभा शाक्य र बिराजभक्त श्रेष्ठ हुन्।
प्रदेशभाका बाँकी १ सय १ जनाले विपक्षमा मतदान गरेका थिए ।
प्रदेश ३ को स्थायी राजधानी तथा नाम टुंगो लगाउन आइतबार बिहान ९ बजेबाट मतदान प्रक्रिया सुरू भएको थियो । प्रदेशको स्थायी राजधानी र नाम प्रस्ताव दर्ता गर्न प्रदेशसभा सचिवालयले शनिबार बिहान ९ देखि ११ बजेसम्मको समय तोकेकोमा प्रदेशको नाम बागमती मात्र दर्ता भएको थियो।
बागमती नामको प्रस्तावक कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ र समर्थक नेकपा प्रदेश ३ संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँल, राप्रपाकी रीता माझी, राप्रपा संयुक्तकी रिना गुरुङ, विवेकशील साझा पार्टीका रमेश पौडेल र शोभा शाक्य छन्।