सत्य निरुपणमा भट्ट र बेपत्तामा सुवेदीको नाम सिफारिस

आजभोलि

काठमाडौँ । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्तिका लागि नाम सिफारिस गरिएको छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा नेपाली कांग्रेसकातर्फबाट गणेशदत्त भट्ट तथा सदस्यमा प्रचण्डमान श्रेष्ठ र नेकपाका तर्फबाट सदस्यहरुमा गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेलको नाम सिफारिस गरिएको छ ।

त्यसैगरी बेपत्ता आयोगको अध्यक्षमा नेकपातर्फका युवराज सुवेदी तथा सदस्यमा विष्णु भण्डारी, कांग्रेसका तर्फबाट सदस्यहरुमा सुनिल रञ्जन सिंह, डा. गंगाधर अधिकारी र सरिता थापाको नाम सिफारिस गरिएको छ ।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र संयोजकत्वको सिफारिस समितिले शनिबार दुवै आयोगमा पाँच पाँच जना पदाधिकारी सिफारिस गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले जानकारी दिएको छ ।

दुवै समितिमा एक/एक अध्यक्ष र चार/चार जना सदस्य सिफारिस गरिएको हो । दुवै समितिसँग सम्बन्धित विधेयकहरू संसदमा लैजाने सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेसबीच सहमति शनिबार भएको छलफलमा सहमति भएको थियो ।

  • ४ माघ २०७६, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !