अग्नि सापकोटालाई सभामुखको उमेदवार बनाउने नेकपाको निर्णय

आजभोलि

काठमाडौँ । सत्तारुढ नेकपाको सचिवालय बैठकले स्थायी समिति सदस्य अग्नि सापकोटालाई सभामुखको उमेद्वार बनाउने निर्णय गरेको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सापकोटालाई सभामुखको उमेद्वार बनाउने निर्णय गरेको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए ।

सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आइतबार बिहान करिब दुई घण्टा छलफल भएको थियो। उक्त अध्यक्ष ओली सहमत भएपछि सचिवालय बैठक बोलाइएको थियो। बैठकमा अध्यक्ष दाहालले सभामुखको उमेद्वारमा सापकोटाको नाम प्रस्ताव गरेका थिए। त्यसपछि सचिवालयले उक्त प्रस्ताव पारित गरेको थियो ।

यसअघि प्रधानमन्त्री ओलीले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई र दाहालले सापकोटालाई सभामुख बनाउने अडान लिएका थिए। दुवै अध्यक्ष आ–आफ्ना अडानबाट पछाडि नहटेपछि प्रतिनिधिसभा साढे तीन महिना सभामुख बिहीन रह्यो । नेकपाले सभामुखको उम्मेदवार चयन गर्न नसक्दा पुस ४ गते बोलाइएको प्रतिनिधिसभाको हिउँदे अधिवेशन पहिलो बैठकपछि तीनपटक सूचना टाँसेर स्थगित भएको छ। सभामुखमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेको पनि दाबी थियो ।

सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि असोज १४ गते राजीनामा दिएका थिए। नेकपाले सभामुखको उमेद्वार टुङ्गाएपछि संसदको गतिरोध पनि खुलेको छ ।

  • ५ माघ २०७६, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !