काठमाडौँ । नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिएका छन् ।
खरेलले आइतबार संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई समक्ष राजीनामा बुझाएका हुन् । खरेललाई २०७५ भदौमा मन्त्रिपरिषद् बैठकले अध्यक्षमा नियुक्त गरेको थियो ।
निगमको संचालक समितिको अध्यक्ष उड्डयन मन्त्रालयका सचिव हुने व्यवस्था रहेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले खरेललाई कार्यकारी अध्यक्ष बनाएका थिए । उड्डयन मन्त्रालयको जिम्मेवारी योगेश भट्टराईले सम्हाले लगत्तै उनले खरेलको कार्यक्षमता माथि नै प्रश्न उठाउँदै आएका थिए ।