चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला अदालत चितवनले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई सफाइ दिएको छ ।
न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई सफाइ दिइको श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिए । पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा उनी विरुद्ध मुद्दा दायर भएको थियो ।
आत्महत्या दुरुत्साहन मुद्दामा लामिछाने पत्रकार युवराज काडेल र रुकु भनिने अस्मिता कार्कीलाई पुडासैनीका आफन्तजनले मुद्दा दायर गरेका थिए । पुडासैनीले लामिछाने र कडेलको मानसिक यातनाले गर्दा आफूले आत्महत्या गरेको मर्न अघि रेकर्ड गरेको भिडियोमा उल्लेख थियो ।