काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा भएको जानकारी दिएको छ। बुधबार पत्रकार सम्मेलन गरी आयोगले भोलि हुने निर्वाचनको तयारी पूरा भएको जानकारी दिएको हो ।
फागुन २० गते रिक्त हुन लागेको राष्ट्रिय सभाको १८ पदका लागि निर्वाचन हुँदैछ । राष्ट्रिय सभा निर्वाचनका मतदाता प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख, मेयर, उपमेयर हुन् । स्थानीय तहमा १५०६ तथा प्रदेशसभामा ५५० गरी कूल २०५६ मतदाता रहेको आयोगले जनाएको छ ।