तामाङ समुदायले मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्वको पुर्व सन्धामा बौद्धनाथ क्षेत्र विकास समिती संयोजक रहेको ल्होछार मुल समारोह समितिद्वारा आयोजित बृहत् सरसफाइ कार्यक्रम समापन भएको छ ।
सरसफाइ कार्यक्रममा विभिन्न संघसंस्थाहरुको उपस्थिति रहेको थियो ।
बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाले मुसा बर्षको सुवअवसरमा शुभकामना सहितको निमन्त्रणा गर्दै सरसफाइ कार्यक्रममा सहभागी भइ साथ सहयोग पुर्याउनुहुने समस्त संघसंगठनलाई आभार सहित धन्यवाद पनि व्यक्त गरेका छन् ।
तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । शनिबार मनाइने पर्वका अवसरमा वाग्मती प्रदेशले शुक्रबार नै प्रदेशभर सार्वजनिक बिदा दिइएकोमा खुशी व्यक्त गर्दै अध्यक्ष लामाले प्रदेश सरकार लाई धन्यवाद व्यक्त गरे ।
पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्धक्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउन लागेको अध्यक्ष लामाले जानकारी दिए।
विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध क्षेत्रमा सोनाम ल्होछारलाई यसपटक नेपाल भ्रमण वर्षसँग जोडेर समेत प्रचारप्रसार गर्न शुरु भइसकेको पनि उनले बताए। नेपाल आउने धेरै पर्यटकको रोजाइमा बौद्ध क्षेत्र पनि पर्छ । तामाङ जातिको मौलिक भेषभूषा, सांस्कृतिक गतिविधि, खाना लगायतको प्रदर्शनसमेत गरिने ल्होछारमा धेरै पर्यटक आकर्षित गराउने काम शुरु भएको छ ।
बौद्ध क्षेत्रमा भोली सांस्कृतिक झाँकीसहित बाजागाजाको -याली निकालिनेछ । दिउँसो महेन्द्र बौद्ध माध्यमिक विद्यालय परिसरमा मूल समारोह समितिका तर्फबाट पर्यटन वर्षसमेत सफल बनाउन आह्वान गर्दै कार्यक्रम गरिने जनाइएको छ ।