एपोलो कलेजका ९८ विद्यार्थी, शिक्षक र कर्मचारीद्वारा रक्तदान

आजभोलि

 

काठमाडौं । हरेक वर्ष रक्तदान गर्दै आएको एपोलो इन्टरनेशनल कलेज लाखेचौर नयाँबानेश्वरले यसवर्ष पनि मंगलबार कलेज परिसरमा वृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायीक प्रहरी सेवा केन्द्र १० लाखेचौर र नेपाल रेडक्रस सोसाइटीको समन्वयमा आयोजित रक्तदानमा कलेजका विद्यार्थी, शिक्षक, कर्मचारी र सर्वसाधारण गरी ९८ जनाले रक्तदान गरेका थिए । सामुदायीक प्रहरी सेवा केन्द्रका इन्चार्ज ताराराम दयालले सो कार्यक्रमको संयोजन गरेका थिए ।

कलेजका अधिकाँश विद्यार्थी, शिक्षक र कर्मचारी रक्तदानको लागि इच्छुक भएतापनि उनीहरुमा रक्तचाप, मधुमेहलगायतका रोगको कारण सयजनाभन्दा बढीले रक्तदान गर्न नपाएर फर्केको एपोलो इन्टरनेशनल कलेजका प्रशासन प्रमुख गणेश गौतमले बताए ।

रक्तदान कार्यक्रमको अनुगमन गर्न गएका महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मीलाई कलेजका प्रशासन प्रमुख गौतमले उपहार प्रदान गरेका थिए ।

  • १५ माघ २०७६, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !