कमरेडको सिरानीमा लालपूर्जा मुद्दा गच्छदारलाई

आजभोलि

काठमाडौं । ललिता निवास जग्गा अनियमितता प्रकरणमा अख्तियारले बुधबार दायर गरेको भ्रष्टाचार मुद्दामा कांग्रेसले आफ्‍ना उपसभापति विजय गच्छदारलाई मुद्दा दायर गरिएको आश्चर्य प्रकट गरेको छ । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै भनेका छन्, ‘श्री माधवकुमार नेपालको पालामा नीतिगत निर्णय। एक पूर्वमन्त्री कमरेडको सिरानीमुनि लालपुर्जा। मुद्दा कसलाई विजय गच्छदारलाई?’

उनले ट्विट संकेत गरेका पूर्वमन्त्री विष्णु पौडेल नेकपाका महासचिव हुन्। ललिता निवासको दुई कित्ता ८ आना जग्गा उनले छोरा नवीन पौडेलको नाममा किनेका थिए। तर, अख्तियारका अनुसन्धान अधिकृत समक्ष त्यो जग्गा सरकारको नाममा गर्न तयार रहेको बयान दिएपछि अख्तियारले उनलाई मुद्दा चलाउनु नपर्ने आरोप पत्रमा उल्लेख गरेको छ।

शर्माले ट्विटमा प्रसिद्ध लेखक जर्ज अरवेलको चर्चित पुस्तक ‘एनिमल फार्म’ को भनाई उद्धृत गर्दै लेखेका छन्- ‘अल एनिमल्स आर इक्वेल बट सम आर मोर इक्वेल देन अदर्स।’

उनले पार्टीको आधिकारिक धारणा बिहीबार औपचारिकरुपमा सार्वजनिक गर्ने  बताएका छन्।

https://twitter.com/bishwaprakash77/status/1225050148020965376

  • २२ माघ २०७६, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !