बस्टन । संगितका पारखीहरू अहिले नेपाली आइडलमा मस्त छन् । उनीहरू कहिले नेपाल आइडको नयाँ इपिसोड आउछ भनी बसिरहेका हुन्छन् ।
ठिक यही समयमा अमेरिकामा एक नेपाली यहाँको अमेरिकी आइडलमा छनौट भएका छन् ।
आजबाट शुरू भएको अमेरिकी आइडको १८ अौं संस्करणमा काठमाडौंमा जन्मिकएका दिवेश पोखरेल छनौट भएका हुन् । पोखरेल विगत ५ वर्षदेखि अमेरिकाको क्यान्सास् राज्यको विचिटामा बस्दै आएका छन् । उनले आफूलाई अर्थर गौन नामले चिनाउँदै आएका छन् ।
नमस्ते भन्दै मन्चमा पुगेका दिवसले जजको अगाडि बब डिलनको गर्ल फ्रम नर्थ कन्ट्री बोलको गीत गाएका थिए । उनले गाएको यस गीतपछि जजहरू संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी पेरी तालीबजाएर प्रशंसा गरेका थिए ।
जज लियोनेल रिचिले उनलाई अर्को गीत गाउन भनेका थिए । गीत गाउनु अगाडि जज केटी पेरिले उनलाई आँखा खोलेर जजहरू तर्फ र आफ्नो गितारमा हेर गाउन भनेकी थिइन् ।
उनले ह्यभ्यु इभर सिन दि रेन बोलको दोस्रो गित गएका थिए । दिवसले गाएको दोस्रो गीतमा तीनैजना जजहरू मस्त भएका थिए ।
अडिसको क्रममा जज केटी पेरिले दिवसलाई रक स्टारको संज्ञा दिँदै उत्कृष्ठ भएको बताएकि थिइन् ।
जज लियोनेलले दिवसलाई मन्चमा गएर अगालो हालेका थिए । जज ल्युक ब्रायनले भविष्यमा ठूलो गायक बन्न सक्ने बताएका थिए ।
अमेरिकी आइडलमा दिवस छनौट भएसँगै यहाँका नेपालीहरूले खुसी व्यक्त गरेका छन् ।