काठमाडौ-पूर्वसभामुख कृष्णबहादुर महरालाई सफाइ दिने काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकील कार्यालय उच्च अदालत जाने भएको छ ।
अदालतको फैसला आएसँगै १सय ४१ दिन कारागारमा बिताएका महरा आजै रिहा भएर खुमलटारस्थित निवास गएका छन् ।
काठमाडौं जिल्ला अदालतका मुख्य न्यायाधीश अम्बरराज पौडेलले महरालाई सफाइ दिने फैसला गरे पनि त्यसको पूर्णपाठ तयार भइसकेको छैन।