‘प्रधानमन्त्रीजी सुरूवालको इँजार कसेर आउनुस्’

आजभोलि

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई इँजार राम्रोसँग कसेर संसदमा आउन सुझाव दिएका छन् ।

आफूमाथि प्रधानमन्त्री ओलीले लगाएको आरोपका विषयमा संसद्बाटै जवाफ दिने बताउँदै उनले इँजार बलियोसँग कसेर आउन भनेका हुन् ।

भट्टराईमाथि मातातिर्थको सरकारी जग्गा व्यक्तिको नाममा बाँडेको आरोप लागेको छ । यस विषमया प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्रश्न गरेका थिए ।

यस विषयमा भट्टराईले आज दिउँसो १ बजे संसद्बाटै जवाफ दिने उनका सहयोगी तथा पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिएका छन् ।

उनले भट्टराईको भनाइ उदृत गर्दै फेसबुकमा लेखेका छन्- ‘आफैं काण्डै काण्डमा फसेको र आफू डुब्ने निश्चितप्रायः देखेपछि आफूलाई मन नपर्नेजति सबैलाई डुबाउन सकिन्छ कि भनेर असफल प्रयास गरिराख्नुभएको छ । त्यो हामी सफल हुन दिँदैनौं ।’

  • १४ फाल्गुन २०७६, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !