एल बी बिद्राहीको बिश्लेषण
लोकतान्त्रिक प्रकृयाबाट निर्वाचित नेकपा सरकार अलोकतान्त्रिक साबित हुन धेरबेर कुर्नु परेन । जसरी रेलले लिग छोडछ, त्यसै गरी सरकारले लोकतन्त्र छोड्यो । सर्वहाराको नारा लिएर सत्तासिन भएको कम्युनिष्ट सरकार अधिनायकवादी बन्न कुनै सोमवार पर्खनु परेन । पूजीपति दलालहरुको कब्जामा पुगेको कामरेडहरुले पत्तै पाएनन् । दर्शन वा वादभन्दा पनि कमाउधन्दाले सरकारलाई गाज्दै गयो । जनता भन्दा पनि दलाल तथा विचौलियाको सरकार बन्न पुग्यो । जसले गर्दा जनताको सरकार भन्न कुुनै पनि दृष्टिकोणबाट पुष्टि गर्न नसकिने अवस्थामा पुग्यो ।
वर्तमान प्रधानमन्त्री खड्ग प्रसाद ओलीको सत्तारोहणपछि देश विकासको ऐजेण्डा हैन की काण्डैकाण्डको सरकार बनेको छ । आफूलाई निकै राष्ट्रवादी भनेर नथाक्ने ओली सरकारले भारतले मिचेको सिमानाको कुरा त परै छोडौ, कालापानी तथा लिम्पियाधुरा सहितको नक्सा समेत सार्वजनिक गर्न सकेन । कम्तिमा एकपटक पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन वार्ता समेत गर्न आट गरेनन । राष्ट्रियता एकै चोटी गहतको झोलमा डुब्यो ।
हरेक दिन नयाँ काण्डको बनाउदै सरकारले नयाँ रेर्कड इतिहास रच्यो । आफ्नै धर्मसन्तान बनाएर घर कुर्न राखेका तत्कालिन मन्त्री गोकुल बास्कोटाले भ्रष्टाचारको नयाँ किर्तीमानी कायम गरे । संसारलाइ चकित गर्ने गरी उनले धर्मपिता प्रधानमन्त्री ओलीलाई पनि अनियमिताको भुंग्रो जाके । र, आफू पनि जाकिए ।
ओली सरकार आएपछि नयाँ कानुनको नाउँमा संचार तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने गरी विभिन्न कानुनहरु बनाउने प्रयास भए । संचारजगत तथा दुनियाको बिरोधपछि जबरजस्ति पछि हटे । तर पनि सरकारी रबैया भने कम भएन । जनउत्तरदायी भन्दा पनि जिम्मेवारविहीन भएर दमन तथा नियन्त्रणमा सरकारले समय व्यतित गर्यो । जसले जनतामा सरकारप्रति रोष तथा घृणा जगायो ।
आर्थिक बृद्धिदरमा सोचे अनुसारको प्रगति हुने सकेने । संघीयताको नाममा जनतालाई कारमाथि कर थोपरियो । महंगी दोब्बर बृद्धि भयो । भ्रष्टचारले नयाँ सीमा नाघयो । सरकार जनतालाई राशत भन्दा नी वक्तव्यबाजी मै सिमित रह्यो । जनता दिनानु दिन समस्याले झेलिदै गए । नेपाली जनताले दुइ तिहाई वा बलियो सरकार आएको अनुभुती नै गर्न पाएनन् ।
नेकपाको सरकार बनेपछि जनतामा निराशाको सीमा नाघेको छ । महंगी, भ्रष्टाचार, अनियमितता र बलात्कारले नयाँ रेर्कड कायम गरेको छ । तर, कांग्रेसले न त सदन, न त सडक कतै पनि दरिलो आवाज उठाउन सकेन् । लोकतन्त्रको रक्षक मानिने प्रतिपक्ष आफ्नै घनचक्करमा फस्यो । आन्तरिक विवाद तथा किचलोबाट बाहिर आउन सकेन ।
निर्मला बलात्कार हत्या प्रकरणमा कांग्रेस प्रारम्भमै चुक्यो । उसले वास्तविकता भन्दा दलीय राजनीतिकरण गर्यो । जुन पछिसम्म टिकेन । अभियान्ताहरुले चलाएको आन्दोलनमा पनि समर्थन दिन सकेन । जसले उसको आवाज अर्थहिन बन्यो । अरु यस्तै बलात्कार तथा हत्याकण्डमा सरकारको साक्षी जस्तै बन्यो । बिरोधका लागि बिरोध बाहेक अरु केही पनि गर्न सकेन ।
मिडिया काउन्सिल विधेयक लगायतकका लोकतन्त्रसँग जोडिएका अरु विधेयक पनि लगभग मौन बस्यो । एक दुइ दिन संसदमा बिरोध बाहेक अरु केही गरेन । सडक त कांग्रेसका लागि उहिलेको कुरा बन्यो । भातृ संगठनहरु पनि लुते नै देखिए । गुट उपगुट र झुण्डमै रुमालिए । आफ्नै भित्र लड्नमा समय बिताए ।
राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टी नेपाल त सरकारका गोटी बने । कहिलेमन्त्री बन्ने पासो त कहिले संविधान संशोधनको पासोमा फसी रहे । मधेशी राजनीतिक दलहरु सरकारमा जानका लागि जे पनि गर्छन भन्ने मान्यतालाई सावित गरिदियो । मधेशी जनताको भावनालाई मन्त्री पदमा साटी दिए । यिनीहरु त नेकपाका भातृसंगठन जस्तै बने । आवाज विहीन निरही सरकारी घोडा बने ।
यदी सरकार र प्रतिपक्षहरुलाई तुलोमा तौलियो भने बराबरी हुन्छन् । दुबैले आफ्नो भूमिका निर्वाह गर्न सकेका छैन््न । बलियो सरकार काण्डैकाण्डमा रुमालिएको छ । जनताको भन्दा दलालको घेरामा फसेको छ । प्रतिपक्ष पनि नामको मात्र छ । उसलाई सरकार निरंकुश बनेको भन्दा पनि आफू सत्ताबाहिर रहेको पिडाले बढी सताएको छ ।