विद्यालय व्यवस्थापन समितिमा पूर्वमाओवादीको दादागिरीः राती २ बजे गैरकानुनीरुपमा अध्यक्ष घोषणा

आजभोलि

सुनकुडा, बझाङ । सुनकुडा माध्यमिक विद्यालय बझाङमा राती २ बजे जबरजस्ती विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गरिएको छ । विना प्रकृया अबैध रुपमा निवर्तमान अध्यक्ष रमेश अधिकारी नै पुनःअध्यक्ष घेषणा गरेको अभिभावकहरुले जनाएका छन् । फागुन २१ गतेको भेलामा ५४ जना उम्मेदवारले उम्मेद्वारी दर्ता गरेपछि सहमतिका लागि स्थगित गरिएको थियो ।

दिनभरी सहमति हुन सकेन । राती १ बजेसम्म स्थानीयहरु स्कुल चौरमा सहमतिका लागि बसेका थिए । तर न सहमति भयो नत प्रकृया नै शुरु भयो । सबै अभिभावकहरु राती १ः३० बजे आ आफ्नो घर फर्केको स्थानीय अभिभावकहरुले जनाएका छन् । तर अभिभावक फर्केपछि नेकपाका केही स्थानीय नेताहरुले राती करिब २ बजे नै नक्कली माइनट खडा गरी अध्यक्ष घोषणा गरेका थिए ।

भेलाको उपस्थितिलाई नक्कली माइनटमा प्रयोग

प्रारम्भि भेलाको लागि हस्ताक्षर गरेको उपस्थितिलाई अन्तिम माइनटको रुपमा प्रयोग गरी व्यवस्थापन समितिको अध्यक्ष चयन गरेको जनाइएको छ । उनीहरु सुनकुडा माध्यमिक विद्यालयका प्रधानाध्यापक धन बहादुर विष्टलाई प्रभावमा पारेर राती २ बजे माइनट गरेको जनाइएको छ । कुनै पनि प्रकृया विधिवत रुपमा अगाडि नबढाएर एकलौटी रुपमा गैरकाननुी घोषणा गरेको भन्दै अभिभावकहरु आन्दोलित भएका भएका छन् । यस सन्र्दभमा प्रधानाध्यापकसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन । आ आफ्ना मान्छेको नक्कली हस्ताक्षर गरी प्रयोग गरेको जनाइएको छ । एक जना अभिभावकले भने। हामी समान्य रुपमा उपस्थितिको लागि हस्ताक्षर गरेका हौ तर उनीहरुले त्यसको गलत प्रयोग गरे । यसमा हाम्रो सहमति छैन ।

५४ जनाको उम्मेद्वारी, एकल घोषणा

विद्यालय व्यवस्थापन समितिको निर्वाचनका लागि प्रारम्भिक चरणमा ५४ जनाले उम्मेद्वारी दर्ता गराएको स्थानीयहरुले जनाएका छन् । उम्मेद्वारी दर्तापछि सहमतिको कुनै पहल भएन । नत मतदान प्रकृयाा अगाडि बढ्यो । तर राती एकाएक रमेश अधिकारीलाई अध्यक्ष घोषणा गरिएको कुरा सुन्दा आफू चकित भएको एक अभिभावकले जनाए । उनले भने, यसरी कुनै उम्मेदवारसँग सहमति नभई एकलौटी रुपमा भएको घोषणा गरिएको छ । यसको विरुद्धमा कानुनी उपचार खोज्ने उनले जनाएका छन् ।

जनप्रतिनिधिहरुको असहमति

वित्थडचिर गाउपालिकाको वार्ड नम्बर ९ मा पर्ने यस विद्यालयमा वार्डध्यक्ष पदेन सदस्य छन् । तर वाडाध्यक्ष कलक विष्टको अनुपस्थितिमा जबरजस्ती घोषणा गरेको छ । यसै गरी वार्ड नम्बर ७ र ८ का वडाध्यक्षहरुको पनि सहिमति नरहेको उनीहरुले जनाएका छन् । एक श्रोतका अनुसार गाउपालिका अध्यक्ष प्रेम बहादुर बोहरा पनि गैर कानुनी रुपमा घोषणा गरिएको प्रकृयाप्रति असन्तुष्ट रहेको जनाइएको हो । श्रोतका अनुसार अध्यक्ष बोहरा सहमतिका लागि पहल गरिरहेका बेलामा एकाएक घोषणा भएपछि उनी असन्तुष्ट भएको जनाइएको छ ।

पूर्व एमाले र पूर्व माओवादीबीच मतभेद

रमेश अधिकारी पूर्व माओवादी हुन । उनी अहिले नेकपामा वित्थडचिर गाउँपालिकाका माओवादीको तर्फबाट सहसंयोजक पनि हुन् । पूर्व एमालेका नेता तथा कार्यकर्ताहरुले यो गैरकानुनी प्रकृयाको खुलेर बिरोध समेत गरेका छन् । उनीहरुले अहिले प्रकृया खारेज गरी नया बैधानिक बाटो अपनाउनु पर्नेमा जोड दिएका छन् । पहिले कार्यकालमा स्कुलले खासै प्रगति नगरेको कारण नयाँ अध्यक्ष चयन गर्नु पर्ने स्थानीय अभिभावकहरुले लामो समयदेखि माग गर्दै आइरहेका छन् ।

भ्रष्टाचार ढाकछोपका लािग पुरानै अध्यक्ष

सुनकुडा माविमा भएको भ्रष्टाचारलाई ढाकछोप गर्न पुरानै अध्यक्ष दोहराएको स्थानीयले बताएका छन् । गएको वर्ष खाजा तथा खाना खर्च लगभग ६ लाख अनियमितता भएको जनाइएको छ । साथै विद्यालयको पर्खाल निर्माण ७ लाख र भवन निर्माण तथा प्रशासनिक खर्चमा अनियमितता भएको विभिन्न संचार माध्यमहरुले समाचार समेत प्रकाशन गरेका थिए । केही आयोजना सम्पन्न हुन बाँकी भएकाले उक्त रकम खर्च गर्न पुनः अधिकारीलाई जबरजस्ती अध्यक्ष चयन गरिएको अभिभावकहरुले दाबी गरेका छन् ।

उत्कृष्ट विद्यालयको दैनिय अवस्था

सुनकुडा मावि सुदूरपश्चिममा उत्कृष्ट दश विद्यालयमा पर्दै आएको थियो । हिमाल साप्ताहिकले गरेको सर्वेक्षण अनुसार ५ वर्ष पहिले उत्कृष्ट विद्यालय रहेको जनाएको थियो । पछिल्लो ५ वर्षमा विद्यालयमा भएको राजनीति हस्तक्षेप तथा अनियमित रुपमा भएको शिक्षक नियुक्तिले शिक्षाको स्तर खस्केको पछिल्लो परिणामले जनाएको छ । बझाङ जिल्लाकै उत्कृष्ट स्कुल अहिले कमजोर रिजल्ट ल्याउने विद्यालयमा परिणत भएको छ । जसले अहिले स्थानीय अभिभावकहरु आफ्ना छोराछारीलाई भर्नाको लागि बैकल्पिक विद्यालय छानौट गरिहेका छन् ।

Photo: facebook.com

  • २२ फाल्गुन २०७६, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !