अमेरिका पलायन उपमेयरलाई बोलाउन काँग्रेसको अल्टिमेटम

आजभोलि

कालिकोट । नेपाली कांग्रेसले पलायन भएकी तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपालीलाई फिर्ता बोलाउन सात दिने अल्टिमेटम दिएको छ। उपमेयर नेपाली तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित भएकी हुन् ।

शनिबार कांग्रेस कालिकोटले उपमेयर नेपालीलाई फिर्ता बोलाउन माग गर्दै मेयर रतनबहादुर शाहीलाई सात दिने अल्टिमेटम दिएको हो।

कांग्रेसले नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजाललाई नगरपालिकामा उपस्थित गराइ नागरिकको सेवा प्रवाहमा सहजता ल्याउन पनि माग गरेको छ।

कांग्रेस कालिकोटका उपसभापति शंकरप्रसाद उपाध्यायको नेतृत्वमा नगरपालिकामा पुगेको टोलीले मेयर शाहीलाई ज्ञापनपत्र बुझाउँदै सात दिनभित्र नगरपालिकाका उपमेयर र प्रमुख प्रशासकीय अधिकृतलाई उपस्थित गराउन माग गरे।

जनताको जनमतको अपमान हुने गरी उपमेयर अमेरिका गएर बसेको कांग्रेसको भनाइ छ।

‘उपमेयर अमेरिका किन लुकिन्, यसबारे मेयरले खोजि किन गरेनन्? यो लापरवाही र जनताको मतको अपमान हो,’ उनले भने, ‘सात दिनभित्र फिर्ता बोलाइयोस्।’

गोष्ठीमा सहभागी हुन गएकी उपमेयर नेपाली स्वदेश फर्किएकी छैनन्। उनी गत कात्तिकमा अमेरिका गएकी थिइन्। उनले आफू बिरामी भएर अमेरिकामै उपचार गराएर बसेको बताउँदै आएकी छन्।

  • २५ फाल्गुन २०७६, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !