काठमाडौं । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा ७० करोड कमिसनका कारण लेनदेन विवादमा छन् ।
सोही ७० करोड कमिसनको लेनदेनको अडियो सार्वजनिक भएसँगै बाँस्कोटा राजिनामा दिएर बसेका छन् ।
बाँस्कोटाले राजिनामा दिएसँगै फागुन ८ गते उनको कार्यकक्षमा छापा मारिएको समाचार आएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७० करोड काण्डका बाँस्कोटाको कार्यकक्ष छापा मारेको भनितापनि आयोगले छाप नमारेको बताएको थियो ।
तर, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले भने उक्त दिन निवर्तमान मन्त्री बाँस्कोटाका सचिवालयका सदस्यले नै सचिवालय र मन्त्रीको कार्यकक्षमा छापा मारेको दाबी गरेको छ।
‘ती सदस्यहरूले बाँस्कोटाका ७ वटा डायरी लगेका हुन्।’ –स्रोतले आजभोलीलाी बतायो। तर, स्रोतले ती डायरीमा के–के छ भन्ने विषयमा आफूहरूलाई केही थाहा नभएको बताएको छ ।