काठमाडौं । नेपालमा एक जना थप कोरोना संक्रमण भएको पुष्टि गरिएको छ । अहिलेसम्म कूल तीन जनामा कोरोना संक्रमण भएको छ । ती मध्ये एक जना निको भए आफ्नो घर फर्कि सकेका छन् भने दुइ जना टेकु अस्पतालमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।
पछिल्लो रिपोर्ट अनुसार कोरोना परीक्षण रिपोर्टमा थप एक जनामा संक्रमण देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवले थप एक जनामा कोरोना पोजेटिभ देखिएको बताए ।
संक्रमण देखिएका बिरामीलाई टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालको आइसोलेशन वार्डमा राखिएको छ ।